birat ribon

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Neuro
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । पार्टीभित्र अन्तर सङ्घर्ष चलिरहेको अवस्थामा सोमबार बसेकाे स्थायी कमिटी बैठकमा सहभागी नभएका प्रधानमन्त्री ओलीले मङ्गलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

समसामयिक विषयमा छलफलका लागि सर्वदलीय बैठक आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि ३१ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसँग छलफल गरेका थिए ।

cura insider
jackson ribon