birat ribon

चाँदीको घेरो

Neuro
चाँदीको घेरो

मारेर गाडिसकेको सिंहको चिहान उखेलेर त्यसलाई ब्युँताउन खोज्ने केही व्यक्तिको ताउरमाउर देख्दा कन्टिर–बाबूलाई उदेक लागेको छ । उनीहरूको बुरुक–बुरुक उफ्राइप्रति कन्टिर–बाबू आफ्नो धारणा राख्न बाध्य छन् । बनारसबाट जीवन विद्या पढेर फर्केका उद्भट विद्वानले सिंहको कङ्कालमा प्राण भरेर आफैँलाई निल्न लगाए जस्तो गर्ने पक्षमा कन्टिर–बाबू छैनन् ।

तथापि हरेक कालो बादलमा चाँदीको घेरो हुन्छ भन्ने सुनेका कन्टिर–बाबूले यसलाई सतर्कतासाथ हेरेका छन् । यसले त छोटे–बढे छाडा साँढेहरूको सातो लान्छ नै लोकतन्त्र पनि संस्थागत हुन्छ ।
त्यति हो सडकको उफ्राइ शान्तिपूर्ण भइराखोस् । धन्यवाद !

cura insider
jackson ribon