birat ribon

ओली पक्षका विद्यार्थीको प्रदेश भेला विराटनगरमा

Neuro
ओली पक्षका विद्यार्थीको प्रदेश भेला विराटनगरमा

विराटनगर / नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट विद्यार्थीहरूको भेला विराटनगरमा आयोजना गरिएको छ ।

नेकपा नेतृत्व भित्रको विवाद उत्कर्षमा पुगेका बेला ओली निकट विद्यार्थीहरुको प्रदेश भेला विराटनगरमा आयोजना गरिएको हो ।

cura insider

सोमबार दिउँसाेका लागि बाेलाइएकाे भेलालाई सम्बोधन गर्न अनेरास्वीयूका केन्द्रीय संयोजक ऐन महरसहित ओली पक्षाका केन्द्रीय विद्यार्थी नेताहरु विराटनगर आएका छन् ।

प्रदेश स्तरीय भेलामा प्रदेशका १४ वटै जिल्लाबाट ओली निकट विद्यार्थी नेता सहभागि हुनेछन् । मोरङका क्याम्पस इकाई कमिटी अध्यक्ष र जिल्ला सदस्यलाई पनि भेलामा बोलाइएको छ ।

विराटनगरको निहारिका कलेजमा आयोजना गरिएको भेलामा १२५ जना भन्दा बढी सहभागि हुने एक नेताले जानकारी दिए ।

‘पार्टी भित्र देखिएको अवस्थालाई विश्लेषण गर्दै एकता कायम गर्न केन्द्रलाई दवाव दिने योजना छ ।’ बैठकमा सहभागि हुन आएका एक विद्यार्थी नेताले भने ‘केन्द्रीय नेतृत्वले पार्टीको बर्तमान अवस्थाका बारेमा जानकारी गराउनेछन् ।’

पार्टी भित्र विवाद बढ्दै गएको अवस्थामा विद्यार्थीको छुट्टै भेला आयोजना गर्न नमिल्ने अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिय अनेरास्वीयूका केन्द्रीय सचिव ओसिम आलमले बताए ।

jackson ribon