birat ribon

नेपाली जैविक चियाको छुट्टै ब्रान्ड

Neuro
नेपाली जैविक चियाको छुट्टै ब्रान्ड

इलाम / नेपाली अर्गानिक (जैविक) चियाको नयाँ लाेगाे भारत र अमेरिकामा स्वीकृत भएको छ । भारत र अमेरिकाले नेपाली व्यावसायीले पेस गरेकाे नयाँ लाेगाेसहितकाे अर्गानिक (जैविक) चिया बिक्रीका लागि स्वीकृत दिएका हुन ।

तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरिएको थियो । नेपाली अर्गानिक (जैविक) चियालाई विश्व बजारमा चिनाउनका लागि व्यावसायीले लोगो निर्माण गरेका थिए । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन(इयु)मा दर्ता गरिएकाे थियाे । जसमध्ये दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्रान्ड भएर बजार पुग्ने भएको छ । ‘लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ’, केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईले भने ।

cura insider

अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइएको थियो । लोगो स्वीकृतिपछि नेपालको चियाले विश्व बजारमा छुट्टै ब्राण्ड पाएको हो ।

‘स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो”, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले भने, ‘सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ ।’

नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चियाभन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो । चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपरेको थियो । रासस

jackson ribon