birat ribon

पाँच लाख थपिए कोरोना सङ्क्रमित

Neuro
पाँच लाख थपिए कोरोना सङ्क्रमित

विराटनगर / विश्वमा कोरोना सङ्क्रमितको सङ्संख्या ६ करोड ७३ लाख ६९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख २६ हजार कोरोना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ६ करोड ७३ लाख ६९ हजार नाघेको हो ।

कोरोना सङ्क्रमितको तथ्याङ्क सङ्कलन गरिरहेको वल्डो-मिटरको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १५ लाख ४१ हजारको मृत्यु भएको छ । चार करोड ६५ लाख कोरोनामुक्त भएका छन् ।

cura insider

सङ्क्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा एक करोड ५१ लाख ५३ हजार छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६७ हजार कोरोना सङ्क्रमित थपिएका छन् ।

कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा ३२ हजार कोराना सङ्क्रमित थपिएएका छन् । भारतमा सङ्क्रमितको संख्या ९६ लाख ७६ हजार पुगेको छ । कोरोना सङ्क्रमणकै कारण भारतमा एक लाख ४० हजारको मृत्यु भएको छ ।

कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ लाख ३ हजार पुगेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा २६ हजार कोरोना सङ्क्रमित थपिएका छन् । रसियामा कोरोना सङ्क्रमितको संख्या २४ लाख ६० हजार छ । तीमध्ये ४३ हजारको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

jackson ribon