birat ribon

आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि

Neuro
आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि

विराटनगर/ नेपालमा आइतबार थप एक हजार ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

यससँगै सङ्क्रमितको संख्या दुई लाख ४० हजार नाै सय ८१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १३ हजार पाँच सय ८२ रहेको छ ।

यसैगरी आज थप एक हजार सात सय ५२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २५ हजार आठ सय ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ९४ पुगेको छ ।

jackson ribon