birat ribon

यातायात क्षेत्रमा कोरोना प्रभाव : यात्रु पाउनै गाह्रो

Neuro
यातायात क्षेत्रमा कोरोना प्रभाव : यात्रु पाउनै गाह्रो

मोहन ढकाल

cura insider

विराटनगर/कोरोनाका कारण यातायात क्षेत्रमा परेको असर केही कम भएको छ । गत असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुन थालेपछि यातायात मजदुरले केही राहत अनुभव गर्न थालेका छन् । तर पहिलाको तुलनामा अझै फर्कन नसकेको यातायात मजदुरले बताएका छन् ।

विराटनगर बसपार्कबाट अहिले लगभग तीन सयभन्दा बढी लामो तथा छोटो दुरीका सवारीसाधन यात्रु लिएर गन्तव्यसम्म जाने गरेका छन् । गाडीमा यात्रुको सङ्ख्या भने न्यून हुने गरेको व्यवसायीले बताएका छन् ।

पहिलेभन्दा केही राहत अनुभव भएको यातायात मजदुर कुमार लामाले बताए । तर ‘गाडीमा यात्रु थोरै हुने भएकाले खर्च धान्नै मुस्किल पर्ने गरेको,’ उनले बताए । गाडीमा काम गरेर दिनचर्या चलाउन सक्ने अवस्था नभएको उनले बताए । ‘अन्य क्षेत्रमा जान सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘घर-परिवार धान्न नै मुस्किल पर्ने गरेको छ ।’

सीमा-नाका बन्द भएका कारण यात्रु कम भएको विराटनगर-जनकपुर रुटका चालक प्रदीप वाल्मिकीले बताए । पहिलाको तुलनामा ५० प्रतिशतभन्दा कम कमाइ हुने गरेको उनको भनाइ छ । नाका बन्द भएका कारण मानिसको आवतजावत र यात्रु सङ्ख्या कम छ । नाका नखुलेसम्म यस्तै अवस्था रहने देखेर पारिवारिक अवस्था सम्झिँदै उनी चिन्तित छन् ।

यातायातका साधन सञ्चालन भए पनि यात्रु अभाव रहेको यातायात मजदुर सङ्घका सचिव बसन्त काफ्लेले बताए । सरकारले बस व्यवसायीको गुनासो सुन्न नसकेको उनको भनाइ छ । बैंकले बारम्बार ताकेता गर्ने र गाडीको करमा समेत जरिवाना लिइने गरेकाले उनी तनावमा छन् । । कोरोनाका कारण यातायात मजदुरहरू समस्यामा परेको र व्यवसायीलाई ७५ प्रतिशत घाटा रहेको उनले बताए । उनका अनुसार यातायात क्षेत्र पुरानै अवस्थामा फर्कन लामो समय लाग्ने भएकाले सरोकारवालाले यसको विकल्प र राहतका बारेमा सोच्नुपर्छ ।

jackson ribon