Rumpum Advertisement

नेपालमा ६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्ने विज्ञको अनुमान

नेपालमा ६० देखि ७० प्रतिशतलाई खोप लगाउनुपर्ने विज्ञको अनुमान

विराटनगर, २१ मंसिर । कोरोना महामारी रोक्न नेपालमा ६० देखि ७० प्रतिशत मानिसले संक्रमणविरुद्धको खोप लगाउनुपर्ने अनुमान विज्ञहरुले गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले हात धुने लगायतका सुझाव दिँदै आएको छ । कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. श्यामराज उप्रेतीले ६० देखि ७० प्रतिशतले खोप लगाउनुपर्ने बताए । खोपले गर्दा आम व्यक्तिको शरीरमा उत्पन्न हुने संक्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने यकिन भने नभएको उनको भनाइ छ ।

नेपालमा ७० प्रतिशतले खोप लगाउँदा करिब दुई करोड १० लाखले सुविधा पाउनेछन् । सरकारले भने जोखिम समूहमा रहेका र अन्यलाई खोप दिने नीति लिएको छ । कोरोना नयाँ भाइरस भएको तथा संक्रमण सुरु भएको वर्ष दिन नाघेकाले जानकारी र अनुसन्धान अभावले खोपको कभरेज कति हुनुपर्छ भन्ने यकिन जवाफ दिन मुस्किल रहेको डा. उप्रेतीले बताए । कान्तिपुर दैनिकमा समाचार छ