Rumpum Advertisement

सुनसरी–मोरङ औद्योगिक करिडोरमा थपिनेभन्दा बन्द हुने उद्योग धेरै

सुनसरी–मोरङ औद्योगिक करिडोरमा थपिनेभन्दा बन्द हुने उद्योग धेरै

विराटनगर, २१ मंसिर । तीन दशकयता सुनसरी–मोरङ औद्योगिक करिडोरमा थपिनेभन्दा बन्द हुने उद्योगको संख्या धेरै रहेको पाइएको छ ।

नयाँ उद्योग खुल्ने र थपिनेभन्दा पनि बन्द हुने क्रम बढेको हो । तीन दशकको अवधिमा करिडोरमा रहेका एक सय सातवटा ठूला उद्योग बन्द भएका छन् । विक्रम संवत २०४६ सालमा यस औद्योगिक करिडोरमा निर्यातमुखी ठूला उद्योगको संख्या एक सय ५० रहेको थियो । तर उद्योग बन्द हुने क्रम सुरु भएसँगै अहिले निर्यातमुखी उद्योगको संख्या ४३ मात्रै रहेको छ ।

विक्रम संवत २०४१ बाट ०४९ सम्म औद्योगिक करिडोरका उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशत बढी निर्याय हुन्थ्यो । तर २०५० पछि धमाधम उद्योगहरु बन्द हुने क्रम सुरु भएको उद्योगी व्यवसायीले बताए । द्धन्द्ध, सरकारको स्थायी पोलिसीको अभाव, विद्युत आपूर्तिमा समस्या, यातायात अवरोध, बैंक तथा बिमाको चर्को ब्याज र उद्योग क्षेत्रमा बस्ती विस्तार लगायतका समस्याले लगानी घट्दै जाँदा निर्यातजन्य उद्योगहरु बन्द हुन थालेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले बताए । हाम्रोमत दैनिकमा समाचार छ