birat ribon

अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक, दुई लाख ८७ हजारभन्दा बढीको मृत्यु

Neuro
अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक, दुई लाख ८७ हजारभन्दा बढीको मृत्यु

विराटनगर / कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाखनजिक पुगेको छ ।

आफूलाई विश्वकै शक्तिशाली दाबी गर्ने अमेरिकामा दिन प्रतिदिन सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । कोरोनाका कारण दैनिक मृत्यु हुने सङ्ख्या पनि अन्य मुलुकको भन्दा धेरै छ । पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार चार सय ५३ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या एक करोड ४९ लाख ७३ हजार ४४ पुगेको छ ।

cura insider

अमेरिकामा कोरोनाका कारण हालसम्म दुई लाख ८७ हजार सात सय ८५ जनाको मृत्यु भइसकेको छ । एकै दिन दुई हजार दुई सय १० जनाको ज्यान गयो । एकै दिन मृत्यु भएका सङ्क्रमितको सङ्ख्या पनि अन्य मुलुकको तुलनामा धेरै हो ।

संक्रमितमध्ये ८७ लाख ७३ हजार आठ सय ६४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । ५९ लाख ११ हजार तीन सय ९५ जनाको उपचार जारी रहेकोमा २६ हजार एक सय ६६ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९६ लाख ४४ हजार पाँच सय २९ पुगेको छ । एकै दिन ३६ हजार एक सय ११ जना नयाँ बिरामी थपिए । पछिल्लो २४ घण्टामा चार सय ८० जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख ४० हजार दुई सय १६ पुगेको छ ।

सङ्क्रमितमध्ये ९० लाख ९९ हजार नौ सय ४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार लाख चार हजार तीन सय ६७ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा छ ।

ब्राजिलमा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ लाख ७७ हजार एक सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय २६ जना नयाँ बिरामी थपिए । एकै दिन छ सय ६० जनाको मृत्यु भएपछि ज्यान गुमाउने सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार छ सय ४१ पुगेको छ ।

सङ्क्रमितमध्ये ५७ लाख ६१ हजार तीन सय ६३ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त बनेका छन् । छ लाख ३९ हजार एक सय ७३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुने मुलुकमध्ये विश्वमै तेस्रो नम्बरमा छ ।

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या छ करोड ६८ लाख १९ हजार एक सय २५ पुगेको छ । छ लाख पाँच हजार तीन सय ५१ नयाँ सङ्क्रमित पछिल्लो २४ घण्टाभित्र थपिएका छन् । एकै दिन १० हजार नौ जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १५ लाख ३३ हजार छ सय ५५ पुगेको छ ।

विश्वमा सङ्क्रमितमध्ये चार करोड ६२ लाख ११ हजार एक सय ४७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् । एक करोड ९० लाख ७४ हजार तीन सय २३ जनाको उपचार भइरहेको छ । उपचार जारी रहेकामध्ये एक लाख पाँच हजार नौ सय २५ जनाको अवस्था गम्भीर रहेको वाल्डो मिटरले जनाएको छ ।

jackson ribon