birat ribon

दुई लाख ३९ हजार नाघे सङ्क्रमित

Neuro
दुई लाख ३९ हजार नाघे सङ्क्रमित

विराटनगर / नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १०२४ जना थपिएसँगै सङ्क्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको हो ।

सङ्क्रमित मध्ये २ लाख २४ हजार ५३ जना सङ्क्रमण मुक्त भएका छन् । १ हजार पाँचसय ७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

cura insider

पछिल्लो २४ घण्टामा ६०७४ नमुना परीक्षण गर्दा ४०२ महिला र ६२२ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर १४ हजार २५५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा छन् भने ३१२ जनाको आईसीयू र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

jackson ribon