काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पुगेको छ ।
शनिबार बसेको नेकपा सचिवालय बैठकले दुबै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको हो ।
आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । ‘पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘ सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिनेछ ।’
नेकपाका स्थायी कमिटी सदस्यहरुलाई भोलि आइतबार बस्ने बैठकबारे औपचारिक पाि पठाइएको छ ।