विराटनगर । मिस नेपाल– २०२० को उपाधि नम्राता श्रेष्ठले जितेकी छिन् । शनिबार भएको फाइनलमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
आयोजक संस्था हिडेन ट्रेजरले नेपाल सरकारको मापदण्डअनुरूप सुरक्षाविधि अपनाएर प्रतियोगिता आयोजना गरिएको थियो । गत अप्रिलमा हुनुपर्ने प्रतियोगिता लकडाउन भएपछि रोकिएको थियो । यो मिस नेपालको २६ औं संस्करण हो ।