Rumpum Advertisement

सामान्य सोचिने रुघाखोकी र फ्लूसँग जोडिएका केही मान्यता र त्यसका तथ्य

Neuro
सामान्य सोचिने रुघाखोकी र फ्लूसँग जोडिएका केही मान्यता र त्यसका तथ्य

विराटनगर/जाडोको मौसममा धेरैलाई चिसो र फ्लूको समस्या हुन सक्छ ।

सामान्य सोचिने रुघाखोकी र फ्लूसँग जोडिएका धेरै भ्रम तथा डर मानिसमा रहेको देखिन्छ । समाजमा सुनिने गरेका चिसो र फ्लूकोका बारेमा केही मान्यता र त्यसका तथ्यहरू :

मान्यता : भिटामिन ‘सी’युक्त खानाले साधारण चिसो र फ्लूबाट बचाउँछ ।

तथ्य : भिटामिन ‘सी’युक्त खानाले साधारण चिसो र फ्लूबाट बचाउँछ भन्ने हालसम्म कुनै निश्चित अध्ययन छैनन् । कुनै पनि अध्ययनले भिटामिन सी र जिंक जस्ता जडिबुटीको उपचारले चिसो र फ्लूलाई रोक्न सक्ने प्रमाण भने देखाएको छैन । तर, नियमितरूपमा भिटामिन सीको सेवनले रोग प्रतिरोधात्मक शक्ति बढाएर भाइरसविरुद्ध लड्न सक्ने तथा लक्षण कम गर्न सक्ने केही अध्ययनले देखाएको छ ।

मान्यता : साधारण चिसो र फ्लूको उपचार गर्न एन्टिबायोटिकको सेवन गर्न सकिन्छ ।

तथ्य : यो भ्रम हो । साधारण चिसो र फ्लू पनि भाइरसको विभिन्न प्रकारका कारणले हुन सक्छ भन्ने बुझ्न आवश्यक छ । भाइरसका कारणले चिसो वा फ्लू भएको हो भने लगातार एन्टिबायोटिकको सेवन गरे पनि स्वास्थ्यमा केही पनि सुधार गर्दैन । अनावश्यक एन्टिबायोटिकको सेवनले भने शरीरमा एन्टिबायोटिक प्रतिरोधको विकास हुन सक्छ ।

मान्यता : चिसो र फ्लू हुँदा पसिना आए छिट्टै निको हुन्छ ।

तथ्य : चिसो वा फ्लू हुँदा पसिना आउँदा सामान्य चिसोका लक्षणहरू कम गर्न सकिन्छ भन्ने अधिकांशको विश्वास रहेको पाइन्छ । तर, कम्बल ओढेर, अत्यधिक तापमा बसी पसिना निकाल्नाले चिसोमा धेरै सहयोग गर्दैन ।

मान्यता : उपचार नगरिएमा सामान्य चिसो, फ्लूमा परिणत हुन सक्छ ।

तथ्य : यो पनि भ्रम हो । साधारण चिसो र फ्लू भाइरसको विभिन्न स्ट्रेनबाट हुन्छ भनेर बुझ्नु जरुरी छ । यी दुवैमा लक्षण समान देखिन सक्छन् तर, यी दुई विल्कुलै फरक रोगहरू हुन् ।