Rumpum Advertisement

ट्राफिक व्यवस्थापन डिजिटल गरिने

Neuro
ट्राफिक व्यवस्थापन डिजिटल गरिने

काठमाडौँ/महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।

प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

कुनै पनि सवारीचालक ट्राफिक कारवाहीमा परी जरिवाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उनले बताए । यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए ।

ट्राफिक कारवाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि उनले बताए । अहिले ट्राफिक कारवाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताए ।