Rumpum Advertisement

काङ्ग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

Neuro
काङ्ग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ/प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

सरकारले निरंकुश प्रवृत्ति देखाएको भन्दै काङ्ग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै काङ्ग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताए ।

उनले सरकारले अधिनायकवादी प्रवृत्ति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताए । त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रस्टाचारलाई संरक्षण गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताए ।

यस्तै संसदको तत्काल बैठक बोलाउनसमेत माग गरिएको सहमहामन्त्री महतले बताए । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उनले बताए ।

कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृत्तिलगायतका विषयमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पारे ।