Rumpum Advertisement

सुरबिनाको प्रेममा मुकुन बने ‘माली’ हेर्नुस भिडियो

Neuro
सुरबिनाको प्रेममा मुकुन बने ‘माली’ हेर्नुस भिडियो

विराटनगर/मुकुल भुसाल र सुरबिना कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मै बनाउला माली’ बोलको गीतमा किरण गजमेरले आवाज दिएका छन् । जहाँ एकातिर केदार उप्रेतीको शब्द र राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ ।

राजेश पुमा राईको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा मुकुन र सुरबिनाको प्रेमलाई देखाइएको छ ।

त्यसो त यतिबेला युटुबभरि नेपाली म्युजिक भिडियोको ओहिरो लागेको छ । पछिल्लो समयका गीतहरुभन्दा केही फरक तरिकाले ‘मै बनुला माली’ बोलको गीत प्रस्तुत गरिएको छ ।

‘मै बनुला माली’ बोलको म्युजिक भिडियो देवीथान म्युजिक युटुब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।