birat ribon

सीमाक्षेत्रका होटल सुनसान, तीन सयभन्दा बढी कामदार बेरोजगार

Neuro
सीमाक्षेत्रका होटल सुनसान, तीन सयभन्दा बढी कामदार बेरोजगार

मोहन ढकाल
विराटनगर / यो समय विराटनगरका होटल भारतीय पर्यटकले भरिभराउ हुने गरेका थिए । पूर्वका विभिन्न स्थानमा घुम्न आउने भारतीय पर्यटक तथा उपचारका लागि आउने भारतीय नागरिकको उपस्थिति बाक्लो हुने गरेको थियो । यसरी आउने भारतीय नागरिकको वासस्थानको मुख्य केन्द्र नै विराटनगरका होटल थिए ।

तर कोरोना महामारीका कारण निरन्तर लकडाउन भएपछि घुम्न र उपचारका लागि आउने भारतीय नागरिकको सङ्ख्या न्युन भयो, जसका कारण विराटनगरको होटल व्यवसाय धरासायी बन्दै गएको छ । पछिल्लो समय लकडाउन नभए पनि विराटनगर जोगवनी नाका बन्द अवस्थामा छ ।

cura insider

नाकाबाट आवागमन बन्द भएकाले सीमावर्तीसहित विराटनगर क्षेत्रका होटलको कारोबार शून्य बराबर छ । होटलको कारोबार नभएकाले त्यहाँ कार्यरत तीन सयभन्दा बढी कामदार बेरोजगार बनेका छन् ।

नेपाल–भारत सीमाक्षेत्र रानीमा होटल व्यवसाय गर्दै आएका कामेश्वर गुप्ता अब के गर्ने भन्ने अन्योलमा छन् । नौ महिनादेखि बन्द व्यवसाय सुरु हुने आसमा बस्दाबस्दै दैनिक गुजारा गर्न नै समस्या पर्ने अवस्था आएको उनले बताए । उनले सञ्चालन गरेको होटलमा पाँच जनाले रोजगारी पाएका थिए । अहिले ती पाँचै जना बेरोजगार छन् ।

‘यहाँका होटल भारतीय पर्यटक र उपचारमा आउने भारतीय नागरिकमा निर्भर थिए,’ उनले भने, ‘अहिले कोही पनि आउँदैनन् ।’

सहकारीबाट २० प्रतिशत ब्याजमा किस्ता लिएर सञ्चालन गरेको व्यवसायबाट अहिले ब्याज तिर्न समेत नसकेको उनले बताए । ‘हाम्रो व्यवसाय पुरानै लयमा फर्कन धेरै समय लाग्ने भो,’ उनले भने, ‘सीमा–नाका खुला भए पनि केही राहत हुन्थ्यो । त्यसैले मापदण्ड पूरा गर्दै मुख्य नाका चाँडो खुला हुनुपर्छ ।’

भगत होटल रानीका सञ्चालक राजु भगतको गुनासो पनि उस्तै छ । उनको होटलमा कार्यरत कर्मचारी पनि बेरोजगार भएका छन् । अहिले बैङ्कको किस्ता तिर्न नसकेको अवस्थामा कर्मचारीलाई तलबसमेत दिन नसकेको उनले बताए ।

भगतका अनुसार हिजोआज औपचारिक रूपमा सीमा–नाका बन्द भए पनि लुकिछिपी नेपाल–भारत सीमा वारपार गर्ने मान्छे निकै हुन्छन् । तर त्यस्ता मान्छे सानोतिनो काम लिएर आउँछन् र फर्किहाल्छन् । ‘लकीछिपी हुने आवतजावतले कोरोको जोखम निकै बढनएको छ,’ अनले भने, ‘बरु सुरक्षा मापदण्ड अपनाएर औपचारिक रूपमा नाका सञ्चालन भए होटल–व्यवसायीलाई राहतमात्र हुने थिएन, कारोनाको जोखिम र डर पनि कम हुने थियो ।’

हिमालय गेस्ट हाउसका सञ्चालक मजरुल मियाको पनि अवस्था उस्तै छ । कारोबार नभएर बैङ्कको किस्ता तिर्न नसकेको उनले बताए । ‘बैङ्कले बारम्बार ताकेता गरिरहेको छ तर कहाँबाट ल्याएर बुझाउनु ?’ उनले भने, ‘पाँच जना कामदार बेरोजगार भएका छन् । उनीहरूलाई परिवार चलाउन धौ–धौ छ ।’

विराटनगरको सीमावर्ती रानीक्षेत्रमा सञ्चालनमा रहेका कतिपय होटल भाडा तिर्न सक्ने अवस्था नभएपछि बन्द भएका छन् । अन्य होटल पनि सञ्चालन हुन नसक्दा सीमाक्षेत्रका होटलमा कार्यरत तीन सयभन्दा बढी कामदार बेरोजगार बनेका छन्, जसबाट उनीहरूको परिवार प्रभावित भएको छ ।

jackson ribon