Rumpum Advertisement

राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप नगर्ने

Neuro
राजावादीको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप नगर्ने

विराटनगर, २० मंसिर । सरकारले राजावादीको प्रदर्शनमा हस्तक्षेप नगर्ने भएको छ । मुलुक भर राजतन्त्र पक्षले प्रदर्शन गर्न थालेपछि यसअघि प्रदर्शन रोक्न र नियन्त्रणमा लिन गृह मन्त्रालयले सर्कुलर गरेको थियो ।

भीडभाड गर्न र जुलुस हुन नदिन ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन पनि दिएको थियो । तर सरकारको आलोचना भएपछि शान्तिपूर्ण प्रदर्शनमा भने हस्तक्षेप नगर्ने नीति लिइएको छ । गृहले नाराजुलस, प्रदर्शनमा रोक लगाउन सर्कुलर गरे पनि अहिले त्यसलाई परिवर्तन गरेर राजनीतिक वा गैरराजनीतिक केही नभनि कोरोना संक्रमणको अवस्थालाई धेरै मासिसहरु भेला जम्मा हुने तथा जनस्वास्थ्यका मापदण्डहरु उल्लंघन हुने खालका सभा सम्मेललन तथा भीडभाड हुने क्रियाकलापहरु हुन नदिन भनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार हिन्दुराष्ट्रसहितको राजसंस्थाको पुनर्स्थापना र संघीयता खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ । स्रोतका अनुसार राजावादीहरुको प्रदर्शनलाई लिएर गृहको रणनीतिमा केही फेरबदल भएको छ । यसअघि शनिबार हुने भनिएको राजवादीहरुको प्रदर्शनलाई तितरवितर पार्न तयारी थियो, तर अब शान्तिपूर्ण प्रदर्शनमा अवरोध हुने छैन ।

शनिबार प्रदर्शनमा बल प्रयोग गरे सरकार थप आलोचित हुने विश्लेषणका आधारमा गृह मन्त्रालयले राजावादीहरुको प्रदर्शनको निगरानी मात्र गर्नु भन्ने निर्देशन दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले लोकतन्त्रमा सभा, जुलुस गर्ने छुट भए पनि हालको परिस्थितिलाई मध्यनजर गरेर भीडभाड हुने गरी सभाजुलुस नगरिदिन आग्रह गरिएको बताए । यो आग्रह सबैको सुरक्षाका लागि भएको उनको दाबी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरले प्रदर्शनमा निस्किँदा कोरोना भाइरसलाई मध्यनजर गरेर सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेका छन् । प्रदर्शन घोषणा गरेको राप्रपाका नेता राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । ‘हाम्रो संघर्ष शान्तिपूर्ण छ, कुनै तोडफोड वा अहिंसात्मक गतिवधि वा गालीगलौज गर्ने कार्यक्रम छैनन् । यसलाई दमन गर्ने चेष्ट भयो भने त्यहीँबाट जनसंघर्ष सुरु हुन्छ,’ उनले भने ।