Rumpum Advertisement

भारत र चीनमा बनेको खोप नेपाललाई उपयुक्त

Neuro
भारत र चीनमा बनेको खोप नेपाललाई उपयुक्त

विराटनगर, २० मंसिर । कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपालले छिमेकी मुलुकहरु चीन र भारतसँग सहकार्य गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

भारत र चीनले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुने उनीहरुको भनाइ छ । खोप भित्राउने सरकारको तयारी सुस्त रहेकाले भारत र चीनसँग तत्काल संवाद थालेर प्रक्रिया अघि बढाइहाल्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले बताए ।

उनका अनुसार खोप ल्याउन युरोप र अमेरिकाभन्दा पनि चीन र भारततिर ध्यान दिँदा दीर्घकालिन हुन्छ । नेपालीको जिन, रहनसहन, खानपान, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ प्रयोग गरिने कोरोनाविरुद्धको खोप युरोप र अमेरिकाकोभन्दा बढी प्रभावकारी र उपयोगी हुने विज्ञको सुझाव छ । कान्तिपुर दैनिकमा समाचार छ