Rumpum Advertisement

ब्राजिलमा सङ्क्रमित सङ्ख्या ६५ लाख नाघ्यो, एक लाख ७५ हजारभन्दा बढीको मृत्यु

Neuro
ब्राजिलमा सङ्क्रमित सङ्ख्या ६५ लाख नाघ्यो, एक लाख ७५ हजारभन्दा बढीको मृत्यु

विराटनगर / ब्राजिलमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६५ लाख नाघेको छ ।

ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा छ । पछिल्लो २४ घण्टामा ४७ हजार चार सय ३५ नयाँ बिरामी थपिएपछि सङ्क्रमित संख्या ६५ लाख ३४ हजार नौ सय ५१ पुगेको छ । कोरोनाका कारण हालसम्म एक लाख ७५ हजार नौ सय ८१ जनाको मृत्यु भइसकेको छ । एकै दिन छ सय ७४ जनाको मृत्यु भयो ।

सङ्क्रमितमध्ये ५७ लाख ४४ हजार तीन सय ६९ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु निको भएर कोरोनामुक्त हुँदै डिस्चार्ज भइसकेका छन् । छ लाख १४ हजार छ सय एक जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या एक करोड ४७ लाख ५० हजार सात सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार चार सय ७६ नयाँ बिरामी थपिए ।

सङ्क्रमितमध्ये दुई लाख ८५ हजार तीन सय ८७ जनाको मृत्यु भइसकेको छ । एकै दिन दुई हजार पाँच सय ५३ जनाको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ८६ लाख ४३ हजार तीन सय ६१ जना उपचारपछि घर फर्किएका छन् । ५८ लाख २१ हजार नौ सय ९१ जना उपचाररत रहेकोमा २६ हजार एक सय ५१ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९६ लाख सात हजार छ सय ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार आठ सय ५२ नयाँ बिरामी थपिए । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा पर्छ ।

कोरोनाका कारण एक लाख ३९ हजार सात सय १४ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार सय ८७ जनाको मृत्यु भयो । संक्रमितमध्ये ९० लाख ५७ हजार दुई सय ८२ जना उपचारपछि घर फर्किएका छन् । चार लाख १० हजार छ सय ३६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या छ करोड ६१ लाख ८० हजार छ सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा छ लाख ५३ हजार छ सय ८० नयाँ बिरामी थपिए । विश्वमा कोरोनाका कारण हालसम्म १५ लाख २३ हजार दुई सय २७ जनाको मृत्यु भइसकेको छ ।

एकै दिन ११ हजार सात सय ९० जनाको मृत्यु भयो । सङ्क्रमितमध्ये चार करोड ५७ लाख ७१ हजार एक सय ५३ जना उपचारपछि कोरोनामुक्त भएका छन् । एक करोड ८८ लाख ८६ हजार दुई सय ४२ जना उपचाररत रहेकोमा एक लाख छ हजार ७४ जनाको अवस्था गम्भीर छ ।