Rumpum Advertisement

प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगियो

Neuro
प्रदेश प्रमुख अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगियो

विराटनगर/प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडाैं लगिएको छ ।

कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण शुक्रबार अपराह्न उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए ।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लगिएको उनले जानकारी दिए ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेका थिए ।