Rumpum Advertisement

कोरोनाविरुद्धको खोप लगाएपछिको अनुभव यस्तो

कोरोनाविरुद्धको खोप लगाएपछिको अनुभव यस्तो

विराटनगर/संयुक्त राज्य अमेरिका कोभिड १९ भ्याक्सिन प्रयोगको लागि अनुमति प्राप्त गर्ने अन्तिम चरणमा पुगिसकेको छ । तर, अधिकांश मानिसहरूले भ्याक्सिन लगाउने वा नलगाउने भन्नेबारे विभिन्न तर्क गर्न थालेका छन् । किनकि यो भ्याक्सिन अन्य भ्याक्सिनको तुलनमा तीव्र गतिमा अनुसन्धान अगाडि बढाई निर्माण कार्य अघि बढाइयो । विशेषगरी फाइजर र मोर्डना खोप ९५ प्रतिशत सफल भएको जानकारी बाहिर आएसँगै अब यसलाई लगाउने वा नलगाउने भन्नेबारेमा दुविधा सिर्जना भएको छ ।

के यो अन्य फ्लुको जस्तै हुनेछ ? के यसले शरीरमा दुखाई उत्पन्न गराउँछ ? यसका असरहरू के के हुन सक्ला ? अहिले, अधिकांश मानिसहरूले यस्तै प्रश्नहरू गरिरहेका छन् ।

जब कुनै व्यक्तिको शरीरमा एमआरएनए खोप लगाइन्छ, यसले सो व्यक्तिको शरीरमा कोरोना भाइरस (सार्स–कोभ–२) को एक सानो टुक्रा बनाउनका लागि निर्देशन दिन्छ, जसलाई स्पाइक प्रोटिन भनिन्छ । यसरी उत्पादन भएको स्पाइक प्रोटिनले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउँछ र बाहिरबाट आएको स्पाइक प्रोटिनको विरुद्धमा लड्न एन्टिबडी तयार हुन्छ । यदि, खोप लगाइसकेको व्यक्तिमा कोरोना भाइरस प्रवेश गरेतापनि यससँग लड्नका लागि शरीर तयार भइसकेको हुन्छ ।

खोप दुईपटक लगाउनुपर्ने हुन्छः पहिलो खोपले शरीरलाई बलियो बनाउँछ भने दास्रो पटक लगाएको खोपले प्रतिक्रिया दिन सक्षम बनाउँछ । परीक्षणको नतिजाअनुसार फाइजर र मोर्डना खोप ९५ प्रतिशत सफल भएको छ ।

खोप नयाँ भएको कारण यसको सुरक्षा र प्रभावकारीताबारे प्रश्नहरू आउन सक्छन् । तर खोप लगाउने इच्छा देखाएको व्यक्तिको लागि परीक्षणमा सहभागी स्वंमसेवकले बाँणको अनुभव उपयोगी हुनसक्छ ।

बोस्टन शहरमा बस्ने २४ वर्षीय यासिर बोटालवीले महिनाको पहिलो हप्ता परीक्षणमा सहभागी हुनको लागि हस्ताक्षर गरे । उनको भनाइअनुसार महामारीको समयमा सहयता पु¥याउने इच्छा भएको बताउँदै उनले भने, ‘म सुरुमा एकदम अतालिएको थिएँ, किनकि महामारीले सबैलाई प्रभावित बनाएको थियो । यो बाँच्ने कुरासँग सम्बन्धित थिएन तर धेरै जीवनहरूसँग जोडिएको थियो । त्यसकारण मैले जे गर्न सक्थे । त्यसको लागि तदारुकता देखाउँदै परीक्षणमा सहभागी भएँ । मलाई सुरुमा लागेको थिएन कि हस्ताक्षर गरिसकेपछि सहभागी हुनको लागि बोलाइन्छ । तर मलाई सेप्टेम्बर र अक्टोबरमा गरी दुई पटक फोन आयो, जसमा म सहभागी बनेँ ।’

जब उनले २२ पन्ने सहमतिपत्रमा हस्ताक्षर गर्दै टिसर्टको बाउला माथि सार्दै थिए । उनी हतास जस्तै देखिएका थिए । तर उनी मानव समुदायको लागि सेवा गर्न पाएकोमा खुशी व्यक्त गरे ।

उनको अनुभव कस्तो थियो ?

‘पहिलो खोपको अनुभव पाखुरामा चिमटेको जस्तो मात्रै थियो, जुन अन्य फ्लुको खोप लगाउँदा जस्तै हो । जब म अस्पतालबाट घर आँए त्यो साँझ थोरै असहज भएको जस्तो लाग्यो । पाखुरा माथि उठाउँदा केही गाह्रो हुन्थ्यो तर यो सहन सकिने थियो । यस खोपको असर अन्य खोपको जस्तै थियो । जेहोस् यसले मलाई धेरै असर गरेन,’ उनले भने ।

यो उनको पहिलो डोज (खुराक) को अनुभवा थियो । तर दोस्रो पटक लगाएको खोपको अनुभव अलिक फरक थियो । ‘मैले दोस्रो पटक खोप लगाउँदा लक्षणहरू फरक थिए । जब मैले दोस्रो पटकको खोप लगाएँ, म अस्पतालमा रहुन्जेल ठीकै थियो । तर साँझबाट मलाई अलिक गाह्रो भयो । मलाई मन्द ज्वरो आउनको साथै थकाई र शरीर चिसो भयो,’ उनले भने ।

यस्तो लक्षण देखिएपछि भोलिपल्टै उनी अस्पताल गए । विशेषज्ञहरूका अनुसार कोभिड १९ को खोप लगाइसकेपछि यस्तो लक्षण देखिनु भनेको नै खोपले काम गर्न सुरु गरेको हो । यस्तो लक्षण देखिनासाथ दास्रो खोप लगाउन निरुत्साहित हुनुपर्दैन ।

‘यस्तो अनुभव हुन्छ भने तपाईँले बुझ्नुपर्छ कि शरीरको प्रतिरक्षा प्रणालीले काम गर्न सुरु गरिसकेको छ,’ फिलाडेल्फीयाबाल अस्पतालका डाक्टर पावल अफिटले भने ।

उनले थप्दै भने, ‘जब तपाईँले खोप लगाउनुहुन्छ, शरीरले प्रतिक्रिया गर्न सुरु गर्दछ । उनका अनुसार केही मानिसहरूमा केही लक्षण देखिँदैन तर केही मानिसमा पाखुरा दुख्ने, जाडो भएको अनुभव हुने, अन्य फ्लुको जस्तै लक्षण देखिने गर्दछ ।’ –सिएनएनबाट