Rumpum Advertisement

प्रदेश १ का स्थानीय तहमा विद्युतीय आपूर्ति व्यवस्थापनमा सूचना प्रणाली कार्यान्वयन गरिने

प्रदेश १ का स्थानीय तहमा विद्युतीय आपूर्ति व्यवस्थापनमा सूचना प्रणाली कार्यान्वयन गरिने

विराटनगर/ प्रदेश १ का स्थानीय तहहरूमा विद्युतीय आपूर्ति व्यवस्थापनमा सूचना प्रणाली कार्यान्वयन गरिने भएको छ । आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धी अभिमुखीकरण सुरु गरिएको छ ।

विराटनगरमा शुक्रबारदेखि सुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेको बताए ।

तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको उनले बताए । मन्त्री घिमिरेले कानूनगत समस्याका कारण रिपोर्टिङमा समस्या रहेको उल्लेख गर्दै रिपोर्टिङ प्रक्रिया झन्झटिलो भएकाले सीधै समन्वयका लागि सहजीकरणको प्रवन्ध हुँदै गएको बताए ।

संविधानको भावना र मर्म तीन तहवीच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको मन्त्री घिमिरेले गुनासो गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा प्रमुख बद्रिनाथ ज्ञवालीले देशभरको सूचना प्रणालीलाई एकद्वार बनाउने नीतिअनुसार कार्यक्रम कार्यन्वयन गर्दै लगिएको बताए ।

सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आजदेखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण सुरु भएको छ । आगामी १० दिनभित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यन्वयनका लागि अभिमुखीकरण गरिसकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले बताए ।