Rumpum Advertisement

काठमाडौं उपत्यकामा थप छ सय छ जनामा कोरोना सङ्क्रमण

Neuro
काठमाडौं उपत्यकामा थप छ सय छ जनामा कोरोना सङ्क्रमण

काठमाडौं÷ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप छ सय छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकामा दुई सय ४७ महिला र तीन सय ५९ जना पुरुष गरी छ सय छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४१ र ललितपुरमा १ सय २५ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।