Rumpum Advertisement

क्षयरोगसँग जोडिएका केही मान्यता र त्यसका तथ्य

Neuro
क्षयरोगसँग जोडिएका केही मान्यता र त्यसका तथ्य

विराटनगर/ क्षयरोग केही समयको निरन्तर औषधि उपचारबाट निको हुने रोग हो । उपचारबाट निको हुन सक्ने भएपनि क्षयरोगसँग जोडिएका धेरै मान्यता र गलत धारणाका कारण धेरै मानिसले क्षयरोगबाट हरेक दिन ज्यान गुमाइरहेका छन् ।

यस्ता गलत धारणाका कारण मानिसहरू प्रभावकारी उपचार खोज्न र पाउन नसकिने तथा आफ्नो उपचार पूरासमेत गर्दैनन् । यस्ता छन् क्षयरोगसँग सम्बन्धित जान्नैपर्ने मान्यता र त्यसका तथ्यहरूः

मान्यताः क्षयरोग गरिब मानिसलाई मात्र लाग्ने रोग हो ।

तथ्यः गरीबी क्षयरोगको लागि महत्त्वपूर्ण जोखिम कारक हो । तर, सामाजिक र आर्थिक हिसाबले समपन्न मानिसलाई समेत क्षयरोगले प्रभावित गरिरहेको हुन सक्छ । हावाबाट प्रसारण हुने क्षयरोग निम्त्याउने ब्याक्टेरियाबाट बच्न रोगबाट प्रतिरोध क्षमताले मात्र सहयोग गर्न सक्छ ।

मान्यताः क्षयरोग एक आनुवंशिक अवस्था हो ।

तथ्यः क्षयरोगले जीनसँग केही पनि मतलब राखेको हुँदैन । र, यो वंशाणुगत रोग भने होइन । क्षयरोगका बिरामीले खोक्दा वा हाच्छ्यूँ गर्दा क्षयरोग निम्त्याउने ब्याक्टेरिया हावामा फैलिन्छ र कुनै पनि स्वस्थ मानवमा प्रवेश गर्न सक्छ । अधिकांश परिवारको सदस्य, बिरामीको हेरचाह गर्ने र नजिकको ब्यक्तिलाई क्षयरोग सर्ने सम्भावना उच्च रहन्छ ।

मान्यताः क्षयरोग अत्यधिक संक्रामक रोग हो ।

तथ्यः क्षयरोगका ब्याक्टेरिया सूर्यको किरणद्वारा मर्ने तथा हावाले उडाउन सक्छ । यसो हुँदा क्षयरोग निम्त्याउने ब्याक्टेरियाको प्रसारणको जोखिम खुला वा राम्रोसँग हावा आवतजावत गर्ने ठाँउमा कम हुन्छ भने गम्सिएको ठाँउमा अधिक हुने गर्छ । मास्क लगाएमा, सामाजिक दुरी अपनाइ सतर्कता अपनाएमा क्षयरोग सर्ने सम्भावना निकै कम हुन्छ ।

मान्यताः क्षयरोग लागेका मानिस कहिले पनि निको हुँदैनन् ।

तथ्यः क्षयरोग लागेका मानिस निको हुने सम्भावना अधिक रहन्छ । क्षयरोग औषधि सन् १९५० को दशकदेखि सार्वजनिक रूपमा उपलब्ध छ । तर, लामो उपचार पद्धति (६ देखि ९ महिना) र औषधिले निम्त्याउनसक्ने साइड इफेक्टका कारण बिरामीहरू प्रायः औषधिको डोज पूरा गर्दैनन् ।

जसले फेरि रोग लाग्ने, रोोग बल्झिने वा औषधिलाई प्रतिरोध गर्ने जोखिम पैदा हुन्छ । क्षयरोग औषधीलाई प्रतिरोध गर्ने बिरामीका लागि प्रायः कडा डोज दिनुका साथै उपचार खर्च गर पनि अधिक महँगो हुन्छ । रोगलाई समयमै पहिचान गरेर प्रभावकारी उपचार सुरु गरेमा उपचार गर्न सम्भव छ ।