birat ribon

आज थप एक हजार दुई सय ७२ जनामा सङ्क्रमण, १५ हजार चार सय ७७ सक्रिय सङ्क्रमित

Neuro
आज थप एक हजार दुई सय ७२ जनामा सङ्क्रमण, १५ हजार चार सय ७७ सक्रिय सङ्क्रमित

विराटनगर÷ नेपालमा शुक्रबार थप एक हजार दुई सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार दुई सय ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

cura insider

यससँगै सङ्क्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये सक्रिय सङ्क्रमितको संख्या १५ हजार चार सय ७७ रहेको छ ।

यसैगरी आज थप एक हजार ७५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ६७ पुगेको छ ।

jackson ribon