Rumpum Advertisement

प्रदेश १ मा १३५ सङ्क्रमित थपिए, २९४ जना कोरोनामुक्त

प्रदेश १ मा १३५ सङ्क्रमित थपिए, २९४ जना कोरोनामुक्त

विराटनगर/ प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १३५ जना कोरोना भाएरस सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ६७२ जनाको पिसिआर परीक्षण गर्दा १३५ सङ्क्रमित भेटिएका हुन् ।

आज पोजिटिभ देखिएकामध्ये ५४ महिला र ८१ पुरुष छन् । मोरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र सङ्खुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २६, सुन्दरहरैँचामा ८, बेलबारीमा ६, बूढीगङ्गा, केराबारी र सुनवर्षीमा २–२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रङ्गेली र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, बिर्तामोड र झापा गाउँपालिकामा ४–४, मेचीनगर र बुद्धशान्तिमा ३–३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यसैगरी इलामको सूर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, सङ्खुवासभाको मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ ।

प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होम आइसोलेशन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ ।

हालसम्म १ लाख ९४ हजार ८३९ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।