Rumpum Advertisement

किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्छ : मन्त्री अर्याल

किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्छ : मन्त्री अर्याल

काठमाडौं/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका बजारको सुनिश्चितता सरकारले गर्ने बताएकी छन् ।

शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताएकी हुन् ।

सरकाले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने बताइन् । यस्तै किसानहरूले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरूले आफैँ बजारको स्थापना गर्नुपर्नेमा जोड दिइन् ।

यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने पनि बताइन् । अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरु भइसकेको बताइन् ।

सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् । सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने पनि मन्त्री अर्यालले बताइन् ।

सहकारी बजारको आफ्नै कोल्ड स्टोर स्थापना गर्ने, विषादिको परीक्षण गर्न प्रविधिको व्यवस्था गरी उपभोक्तालाई स्वस्थ्य खाद्य वस्तु उपभोग गर्ने वातावारण निर्माण गरिने बताइन् ।