Rumpum Advertisement

टोकियो ओलम्पिकमा थप दुई अर्ब ४० करोड डलर खर्च हुने

Neuro
टोकियो ओलम्पिकमा थप दुई अर्ब ४० करोड डलर खर्च हुने

टोकियो/ कोरोना महामारीका कारण स्थगित टोकियो ओलम्पिक खेलको आयोजनाका लागि थप दुई करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने भएको छ ।

शुक्रबार खर्च स्टिमेट सार्वजनिक गर्दै आयोजक समितिले टोकियो ओलम्पिक २०२० ले खेलमा भएको ढिलाईका कारण सञ्चालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने जनाएको हो ।

यसैगरी कोरोनाबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ ।

यसै वर्ष २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ । डलर र जापानी येनको परिवर्त्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाइ छ ।

टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

यद्यपि, थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको छ ।