Rumpum Advertisement

प्रयोगशालामा उत्पादन हुने कुखुराको मासु उपभोगका लागि स्वीकृत

Neuro
प्रयोगशालामा उत्पादन हुने कुखुराको मासु उपभोगका लागि स्वीकृत

विराटनगर/ सिङ्गापुरले स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादन हुने कुखुराको मासु उपभोगका लागि स्वीकृति दिएको छ ।

स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण सामान्य मासुको विकल्पको माग बढिरहेको बेका जनावर नमारीकन कुखुराको कोशिकाबाट बनाइएको मासुलाई पहिलोपटक सिङ्गापुर फूड एजेन्सी (एसएफए)ले प्रयोगका लागि अनुमति दिएको हो ।

केवल नगेटका मात्र प्रयोग गरिने यो मासु कहिलेदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी भने दिएको छैन । इट जस्टको उत्पादन वनस्पतिमा आधारित होइन बरु प्रयोगशालामा जनावरको कोषहरूको कृत्रिम वृद्धि गराएर उत्पादित हो ।

‘सयौं, हजारौं वर्षदेखि मासु खाँदैआएका छौं र मासु खानको लागि जहिले पनि पशु मार्न आवश्यक पर्दै आएको छ’, कम्पनीका सह–संस्थापक र सीईओ जोस टेट्रिक बताउँछन् ।

तर, प्रयोगशालामा बनाइएको वैकल्पिक मासु बायोरेक्टर (एक उपकरण जसमा जैविक प्रतिक्रिया वा परिवर्तन हुन्छ) मा सिर्जना गरिएको हुन्छ । यो उच्च प्रोटिन सामग्री र खनिजहरूको समृद्ध स्रोत हो ।

अहिलेको लागि, सिङ्गापुर र उत्तरी क्यालिफोर्नियामा उत्पादन केन्द्रको साथ मासु बेच्ने स्वीकृति पाएको छ, तर यस प्रकारको मासुको बिक्री अमेरिका र पश्चिमी यूरोपमा विस्तार गर्ने टेट्रिकले आशा व्यक्त गरेका छन् ।-सीएनएनबाट