Rumpum Advertisement

झापाको प्लाइ उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

झापाको प्लाइ उद्योगमा आगलागी, ३० लाख बराबरको क्षति

झापा/ झापाको बिर्तामोड–२ चैतुबारीस्थित नमस्ते प्लाइ उद्योगमा आगलागी हुँदा करिब ३० लाख बराबरको क्षति भएको छ ।

शुक्रबार बिहान विद्युत् चुहिएर आगलागी हुँदा उद्योगमा रहेको फन्टिफेन नामक काठको सामग्री र सिलिङ चेम्बरमा रु ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

स्थानीय होमप्रसाद घिमिरे सञ्चालन गरेको सो उद्योगमा आगलागी भएलगत्तै इलाका प्रहरी कार्यालय अनारमनी, प्रदेश नं १ विपद् व्यवस्थापन गुल्म चन्द्रगढी र सशस्त्र बेश क्याम्प शनिश्चरेबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

आगो दमक, भद्रपुर र बिर्तामोडका बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताए । रासस