विराटनगर/ नेपाल पत्रकार महासङघ मोरङ शाखाको साधारणसभा स्थगित भएको छ । शुक्रबारका लागि तय भएको १३औं साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको हो ।
कोरोना महामारीका कारण साधारण सभा स्थगित भएको नेपाल पत्रकार महासङ्घ मोरङका सचिव अर्जुनकुमार आचार्यले जानकारी दिए ।
कोरोना संक्रमणका कारण महासंघका सदस्यहरू आइसोलेशनमा रहेको र महासंघ प्रदेशको सुझावका आधारमा अर्काे सूचना जारी नभएसम्मका लागि साधारण सभा स्थगित गरेको उनले बताए ।