Rumpum Advertisement

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

Neuro
पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक/ झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । पत्रकारमाथि आक्रमण गर्ने उनलाई बिहीबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

खरदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।

सो घटनाको नेपाल पत्रकार महासङ्घ झापा शाखालगायतले घोर निन्दा र भर्त्सना गरेका गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए ।

यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए । रासस