Rumpum Advertisement

फाइनलका लागि इटाली र स्पेन तथा बेल्जियम र फ्रान्सले खेल्ने

Neuro
फाइनलका लागि इटाली र स्पेन तथा बेल्जियम र फ्रान्सले खेल्ने

विराटनगर÷ युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले नेसन्स लिगको सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको छ । बिहीबार यूईएफएले सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।

सो ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेनले खेल्नेछन् । मिलानमा २०२१ को अक्टोबर ६ मा हुने सो खेलमा इटाली र स्पेनले फाइनलका लागि खेल्नेछन् ।

यस्तै दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स भिड्ने छन् । यो खेल ७ अक्टोबरमा टुरिनमा हुनेछ ।

उपाधि भिडन्त भने मिलानमा १० अक्टोबरमा हुनेछ । त्यसै दिन तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।