Rumpum Advertisement

टोटनह्याम अघिल्लो चरणमा

Neuro
टोटनह्याम अघिल्लो चरणमा

विराटनगर/ यूईएफए युरोपा लिगमा इंग्लिस क्लब टोटनह्याम हटस्पर अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको समूह चरणको पाँचौं खेलमा अष्ट्रियन क्लब एलएएसकेसँग ३–३ गोलको बराबरी खेल्दै एलएएसकेले नकआउट चरणमा स्थान बनाएको हो ।

एलएएसकेको मैदानमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको ४२औं मिनेटमा पिटर मिचोरीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४२औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमा गोल गर्दै टोटनह्यामलाई बराबरीमा फर्काए ।

५६औं मिनेटमा सन् हिउङ मिनले गोल गरेपछि टोटनह्यामले अग्रता बनाएको थियो । ८४औं मिनेटमा जोहान्स इजेस्टेइनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

खेल सकिन ४ मिनेट बाँकी छँदा डेले अलीले गोल गर्दै टोटनह्यामलाई पुनः अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयमा एलएएसकेका मामौडौ कारामोकोले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘जे’को दोस्रो स्थानमा रहेको टोटनह्यामले पाँच खेलबाट १० अंक जोड्दै अघिल्लो चरणमा स्थान बनायो । एलएएसके भने ७ अंकका साथ तेस्रो स्थानमा छ ।