Rumpum Advertisement

युरोपा लिग : आर्सनलको शानदार जित

युरोपा लिग : आर्सनलको शानदार जित

विराटनगर/ युरोपको दोस्रो ठूलो फुबटल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले शानदार विजय हात पारेको छ । बिहीबार राति भएको समूह चरणको पाँचौं खेलमा आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथि ४–१ गोलको जित निकालेको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती बनाएको थियो । दसौं मिनेटमा एलेक्जान्द्रे लाकाजेट्टेले गोल गर्दै आर्सनलका लागि गोलको खाता खोलेका थिए ।

१८औं मिनेटमा पाब्लो मारीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा इड्डी एनकेटियाले गोल गरेपछि आर्सनलले पहिलो हाफभरि ३–० गोलको अग्रता बनायो ।

४७औं मिनेटमा वेनका कोया कितागावाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने कोशिस गरे । ६६औं मिनेटमा इमाइल स्मिथ रोवले गोल गर्दै आर्सनललाई ४–१ गोलको अग्रता दिलाए ।

जितसँगै समूह ‘बी’मा अपराजित रहेको आर्सनलले १५ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा छ । वेन भने ६ अंकसहित तेस्रो स्थानमा छ ।