Rumpum Advertisement

भारतमा पहिलो पटक मन्त्रीले लिए कोरोनाविरुद्धको भ्याक्सिन

Neuro
भारतमा पहिलो पटक मन्त्रीले लिए  कोरोनाविरुद्धको भ्याक्सिन

विराटनगर, १९ मंसिर । भारतका एक मन्त्रीले विश्वमै महामारीको रुप लिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन लिएका छन् ।

कोरोनाविरुद्धको भ्याक्सिन लिने उनी पहिलो भारतीय हुन् । भारतमा मन्त्रीले नै पहिलो पटक उक्त भ्याक्सिन लिएपछि भ्याक्सिन लिनलाई एक हजार नाम दर्ता भइसकेको छ । भारतको पश्‍चिम बंगालका ग्रामीण विकास मन्त्री फिरहद हाकिम तेस्रो चरणको कोभिड १९को कोभ्‍याक्सिन परीक्षणमा पहिलो सहभागी बनेका छन्।

उनले बुधबार उक्त भ्याक्सिन स्वयमसेवी रुपमा परीक्षणका लागि लिएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर)ले सुरु गरेको तेस्रो पटकको परीक्षणमा उनी सहभागी भएको बताइएको छ ।

कोरोना भ्‍याक्सिन परीक्षणपछि उनले सञ्‍चारकर्मीसँग भनेका छन्, ‘पहिलो पटक भ्‍याक्सिन लगाउन पाउँदा मैले आफूलाई भाग्‍यमानी सम्झिएको छु। उक्त भ्याक्सिन लिएपछि म एकदम ठीक छु। मैले आफूलाई मर्नबाट पनि डराएको महशुस गराएको छैन।’

उनले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चलाई सहयोग गर्न पाउँदा धेरै खुसी भएको प्रतिक्रिया दिएका छन्। हाल तेस्रो चरणको कोभ्याक्सिन स्वयमसेवी रुपमा लिन कलकत्तामा मात्रै हजार जना स्वयसेवीहरुले आफ्नो नाम दर्ता गराएका छन्।