birat ribon

प्रकृतिसँग चलखेल गर्दा कोरोना

Neuro
प्रकृतिसँग चलखेल गर्दा कोरोना

विराटनगर, १९ मंसिर । प्रकृतिसँग चलखेल गर्दा विश्वले अहिले कोरोना भाइरस संक्रमण महामारीको नराम्रो परिस्थिति सामाना गर्नु परेको बेलायती राजकुमार प्रिन्स ह्यारीले बताएका छन् ।

पृथ्वीमा भइरहेको अनैतिक चहलपहल र प्रकृतिसँग अनआवश्यक चलखेल गर्दा कोरोना संक्रमण फैलन पुगेको उनको ठम्याई छ । यो महामारीले मलाई हामी मानिस मात्र नभएर प्रकृति पनि एक अर्कासँग कसरी जोडिएका छौँ भन्ने कुरा सम्झाएको छ’, उनले भनेका छन्, ‘हामी प्रकृतिबाट यति धेरै लिइरहेका छौँ तर त्यसको बदलामा हामीले विरलै मात्रामा केही फिर्ता गछौँ।’

cura insider

ह्यारीले पृथ्वीका प्राकृतिक स्रोतहरुलाई जोगाइ राख्नका लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास जारी गर्न सुझाएका छन्। उनले वाटरबियरलाई दिएको एक ताजा अन्तर्वार्तामा यस्तो बताएका हुन्। ह्यारीले जहिल्यै पनि प्रकृतिसँग जिस्किने र चलखेल गर्ने कार्य बन्द हुनुपर्नेमा जोड दिए ।

प्रकृतिको संरक्षण गर्नसके सबैको भलो हुनेभन्दै उनले विश्वलाई नै तहसनहस हुने यस्ता महामारीबाट जोगाउन प्रकृतिसँग खेलवाड गर्न नहुने बताए । उनले प्रकृतिलाई आफूअनुकूल प्रयोग गर्ने मानिसको स्वभाव विश्वकै लागि हानिकारक बनेको र बेलाबख यस्ता ठूलाठूला महामारीको सामना गर्नु परेकोभन्दै चिन्ता व्यक्त गरेका छन् ।

jackson ribon