Rumpum Advertisement

कोरोनाका कारण १५ लाख बढीको मृत्यु

कोरोनाका कारण १५ लाख बढीको मृत्यु

विराटनगर, १९ मंसिर । विश्वमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १५ लाख बढीको मृत्यु भइसकेको छ ।

केही समययता विश्वमा दैनिक १० हजार बढीले ज्यान गुमाइरहेका छन् । पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४६ जनाको मृत्यु भएसँगै कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १५ लाख १० हजार तीन सय ७० पुगेको छ ।

विश्वमा छ करोड ५४ लाख ६५ हजार आठ सय ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन छ लाख २८ हजार तीन सय ३० नयाँ संक्रमित थपिए ।

संक्रमण पुष्टि भएकामध्ये चार करोड ५३ लाख २० हजार आठ सय ४६ जना कोरोनामुक्त बनिसकेका छन् । एक करोड ८६ लाख ३४ हजार छ सय २० जना उपचाररत रहेकोमा एक लाख छ हजार पाँच सय ४१ जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई लाख ८२ हजार चार सय पाँच संक्रमितको ज्यान गुमाइसकेका छन् । अमेरिकामा दैनिक दुई हजार हाराहारीमा संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार चार सय ९४ जनाले ज्यान गुमाए ।

तीव्र रुपमा कोरोना फैलिइरहेको अमेरिकामा हालसम्म संक्रमितको संख्या एक करोड ४५ लाख तीन हजार दुई सय ३० पुगेको छ । एकै दिन एक लाख ८६ हजार छ सय १० नयाँ बिरामी थपिए ।

संक्रमितमध्ये ८५ लाख ३८ हजार एक सय ७५ जना उपचारपछि घर फर्किएका छन् । ५६ लाख ८२ हजार छ सय ५० जना उपचाररत रहेकोमा २६ हजार एक सय ३९ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा हालसम्म एक लाख ३९ हजार एक सय दुई जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घणटभित्र चार सय ४५ जनाले ज्यान गुमाए । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

हालसम्म संक्रमित संख्या ९५ लाख ६४ हजार पाँच सय ६५ पुगेको छ । एकै दिन ३१ हजार ९४ नयाँ संक्रमित थपिए । संक्रमितमध्ये ९० लाख आठ हजार दुई सय ४७ जना उपचारपछि निको भएका छन् । चार लाख १७ हजार दुई सय १६ जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७५ हजार दुई सय ७० पुगेको छ । पछिल्लो समय सात सय ३९ जनाको ज्यान गयो । ब्राजिल संक्रमणबाट प्रभावित हुने मुलुकमध्ये तेस्रो नम्बरमा पर्छ ।

हालसम्म ६४ लाख ८७ हजार ८४ जनामा कोरोना पुष्टि भइसकेको छ । एकै दिन ५० हजार चार सय ३४ नयाँ बिरामी थपिए । संक्रमितमध्ये ५७ लाख २५ हजार १० जना उपचारपछि कोरोनामुक्त बनेका छन् । पाँच लाख ८६ हजार आठ सय चार जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।