Rumpum Advertisement

देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

Neuro
देशको नाम ‘नेपाल’ मात्रै लेख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं÷ सर्वोच्च अदालतले नेपालको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्नेगरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ दिन आदेश जारी गरेको हो ।

मन्त्रिपरिषद्को ११ असोजको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा छोटो र सजिलो बनाउने उद्देश्यले देशको नाम नेपाल लेख्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

अदालतले दुवै पक्षलाई छलफलका लागि २९ मङ्सिरमा बोलाएको छ । रासस