Rumpum Advertisement

मुख्यमन्त्री राई भन्छन् : नेकपा फुट्न र टुट्नका लागि बनेको पार्टी होइन

Neuro
मुख्यमन्त्री राई भन्छन् : नेकपा फुट्न र टुट्नका लागि बनेको पार्टी होइन

इलाम÷ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका लागि बनेको पार्टी नभएको बताएका छन् । बिहीबार इलामको सूर्योदय नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरे ।

मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताए । निर्वाचित भएर आउँदा शून्य अवस्थामा रहेको बताउँदै मुख्यमन्त्री राईले अहिले हिँड्ने अवस्थामा पुगेको उल्लेख गरे ।

कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताउँदै उनले अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।