Rumpum Advertisement

रजनीकान्तले नयाँ पार्टी खोल्ने

रजनीकान्तले नयाँ पार्टी खोल्ने

विराटनगर/ भारतीय अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने भएका छन् । रजनीकान्तले बिहीबार आफूले नयाँ पार्टी खोल्न लागेको जानकारी दिएका हुन् ।

पार्टीको औपचारिक घोषणा भने ३१ डिसेम्बरमा गर्ने रजनीकान्तले बताएका छन् । तमिलनाडुमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन् ।

उनले भने, ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्नेछ, त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ ।’

तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुने तय भएको छ ।