Rumpum Advertisement

तृप्ति नाडकरका छोरा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दै

Neuro
तृप्ति नाडकरका छोरा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दै

विराटनगर/ ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘सम्झना’ जस्ता थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेकी नायिका हुन्, तृप्ति नाडकर । उनले नेपाली सिनेमा क्षेत्रमा मात्र नभइ गुजराती र मराठी सिनेमाहरूमा पनि अभिनय गरेकी छन् ।

वैवाहिक जीवनमा बाँधिएपछि भने तृप्ति सिनेक्षेत्रदेखि टाढा भइन् । आफू सिनेमादेखि टाढा भए पनि अब तृप्ति आफ्नो छोरा धिरज टोटलानीलाई नेपाली सिनेमा क्षेत्रमा डेब्यू गराउने तयारीमा छिन् ।

धिरजले बलिउड अभिनेता अनुपम खेरको ‘एक्टर प्रेपरेस’ कलेजबाट अभिनयको कोर्ष गरेका हुन् । उनले थुप्रै लघु चलचित्र तथा विज्ञापनमा काम गरेका छन् । धिरजको नेपाली डेब्यू फिल्मलाई ‘कृ’ फेम्ड निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्ने भएका छन् ।

फिल्ममा धिरजसँगै नायिका अदिती बुढाथोकी र गायक नितेशजङ कुँवरको पनि अभिनय रहनेछ । फिल्मसम्बन्धी हाल कुनै पनि आधिकारिक घोषणा भने भएको छैन ।