Rumpum Advertisement

मोराटाको गोल चोरेको भन्दै रोनाल्डोको आलोचना

Neuro
मोराटाको गोल चोरेको भन्दै रोनाल्डोको आलोचना

विराटनगर/ इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले सात सय ५० गोल पूरा गरेका छन् ।

बुधबार राति च्याम्पियन्स लिगअन्तर्गत युक्रेनी क्लब डायनामो किभमाथि जित निकाल्दा एक गोल गरेका रोनाल्डोले आफ्नो करिअरको सात सय ५० गोल पूरा गरेका हुन् ।

गए राति च्याम्पियन्स लिगमा समूह चरणको पाँचौं खेलमा युभेन्टसले युक्रेनी क्लब डायनामो किभमाथि ३–० गोलको जित निकालेको थियो ।

युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन रोनाल्डोका साथै फेडेरिको चिसा र अल्भारो मोरोटोले समान एक–एक गोल गरे ।

रोनाल्डोले खेलको ५७औं मिनेटमा गोल गर्दै आफ्नो करिअरको सात सय ५० गोल पूरा गरेका थिए । तर, सो गोल रोनाल्डोले चोरेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरिएको छ ।

चिसाले क्रस गरेको गोल मोराटाले पोस्टको दिशा दिएका थिए । तर, किभका गोलरक्षक हेरोयी बसचनसँग ठोक्किएर सो बल गोलमा परिणत हुनेबेलामा रोनाल्डोले छोएका थिए ।

यदि, रोनाल्डोले नछोएको खण्डमा पनि सो गोल नै हुने र मोराटाको नाममा सो गोल रहने भन्दै सामाजिक सञ्जालमा चर्चा छ ।

युभेन्टसका लागि ७५औं गोल गरेका रोनाल्डोले त्यसअघि रियल मड्रिडमा छँदा चार सय ५० गोल गरेका थिए ।

त्यसभन्दा अघि युनाइटेडमा छँदा उनले ११८ गोल गरेका थिए । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका लागि ५ गोल गरेका उनले राष्ट्रिय टोलीका लागि भने १०२ गोल गरेका छन् ।