Rumpum Advertisement

विद्यालय प्रवेश गर्नुपूर्व सिद्धार्थमा फरक शैली

विद्यालय प्रवेश गर्नुपूर्व सिद्धार्थमा  फरक शैली

विराटनगर/कोरोना महामारीको त्रासका बीच मोरङमा विद्यालय खुलेका छन् । विराटनगर महानगरपालिकाबाहेक अन्य स्थानीय तहमा विद्यालय खुला भएका हुन् ।

शिक्षा मन्त्रालयले विद्यालय पुनः सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि विराटनगरबाहेकका स्थानीय तहले विद्यालय सञ्चालन गर्न थालेका हुन् ।

महामारीकाबीच खुलेका विद्यालयहरुले सुरक्षा सतर्कता अपनाएका छन् । जसमध्ये निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन मोरङका अध्यक्ष अर्जुन बस्नेत सञ्चालक रहेको विद्यालयलको सतर्कता फरक शैलीको छ । सुन्दरहरैंचा नगरपालिका–१०, खोर्सानेमा रहेको सिद्धार्थ सेकेन्डरी बोर्डिङले फरक शैली अपनाएको हो ।

विद्यालयले विद्यालय प्रवेश गर्नुपूर्व गेटमा ज्वरो नाप्ने, हात सफाइका लागि अटोमेटिक सेनिटाइजर मेसिन र कपडा तथा व्याग सेनिटाइजका लागि सेनिटाइजर टनेल बनाएको छ । कक्षा कोठामा पनि फेस शिल्ड र मास्क प्रयोग गरेको छ ।

विद्यालय सञ्चालकसमेत रहेका अध्यक्ष बस्नेतका अनुसार सिद्धार्थमा विद्यार्थी घरबाट गाडी चढ्नुअघि र विद्यालय प्रवेश गर्नुअघि गेटमा तापक्रम मापन हुन्छ । तापक्रम सामान्य भएका विद्यार्थीलाई विद्यालयले बनाएको सेनिटाइजर टनेन हुँदै कक्षा कोठामा पठाइन्छ । तापक्रम बढी देखिए अभिभावकको जिम्मा लगाउने गरेको उनले बताए ।

‘हाम्रो पद्दति अरु विद्यालयमा पनि विकास हुँदैछ,’ अध्यक्ष बस्नेतले भने, ‘दुई सिफ्टमा विद्यालय सञ्चालन गर्दैछौं ।’

प्याब्सन मोरङमा दुई सय ६० विद्यालय आबद्ध छन् । प्याब्सनमा आबद्ध विराटनगरबाहेक अन्य क्षेत्रका विद्यालय खुल्न थालेको उनले बताए । आइतबारबाट पठनपाठन सुरु भएको सिद्धार्थमा सबै विद्यार्थी आउन थालेको भाइस–प्रिन्सिपल जेवी थुलुङ राईले बताए ।

प्रतिक्रिया

  1. What is the content and concentration of Sanitizing spray, have you ever studied the hazardous effect on human health or you have the certificate of Therapeutic dose provide d by WHO or Nepal gorvernment if youhave please share all documents to other schools and if not immediately stop spray Sanitizing.

Comments are closed.