Rumpum Advertisement

बिहीबार थप एक हजार तीन सय ४३ जनामा संक्रमण, १३ जनाको मृत्यु

बिहीबार थप एक हजार तीन सय ४३ जनामा संक्रमण, १३ जनाको मृत्यु

विराटनगर, १८ मङ्सिर । नेपालमा बिहीबार थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार सात सय ६६ रहेको छ ।

यसैगरी आज थप दुई हजार एक सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख २० हजार दुई सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय ५१ पुगेको छ ।