Rumpum Advertisement

युरोपा लिग : आज हुँदैछन् यी खेलहरू

युरोपा लिग : आज हुँदैछन् यी खेलहरू

विराटनगर/ युरोपको दोस्रो ठूलो फुबटल प्रतियोगिता युरोपा लिगमा आज राति २४ खेल हुँदैछन् । समूह चरणको पाँचौं खेलअन्तर्गत आज ४८ वटा क्लबहरू प्रतिस्पर्धामा छन् ।

आज इंग्लिस क्लबद्वय आर्सनल र टोटनह्यामका साथै एसी मिलान, नापोली पनि प्रतिस्पर्धामा छन् ।

आर्सनलले अष्ट्रियन क्लब रापिड वेनसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४० बजे हुने यो खेल आर्सनलको मैदानमा हुनेछ । अपराजित रहेको आर्सनल समूह ‘बी’को शीर्ष स्थानमा छ । ऊसँग १२ अंक छ ।

यसैगरी टोटनह्यामले पनि अष्ट्रयाकै क्लब एलएएसकेसँग खेल्दैछ । राति ११ः४० बजे हुने यो खेलमा भिड्न लागेको टोटनह्याम समूह ‘जे’को दोस्रो स्थानमा छ । ऊसँग ९ अंक छ ।

मिलानले सेल्टिकसँग खेल्दैछ भने नापोली र एजे अल्कामारले खेल्दैछ ।