Rumpum Advertisement

सरस्वतीको ‘स्वाभिमान’ सार्वजनिक

सरस्वतीको ‘स्वाभिमान’ सार्वजनिक

काठमाडौँ/परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवालीको अर्को नयाँ कृति कवितासंग्रह सार्वजनिक भएको छ ।

कवयत्री ज्ञवालीले जीवनका विभिन्न आरोह–अवरोह र अनुभूतिहरुलाई कवितामा उतार्नु भएको छ । ‘स्वाभिमान’ नाम दिइएको कविता संग्रहमा देश प्रेमको भाव झल्कने र वर्तमान समाजका विषयहरु पनि समेटिएको छ ।

कवितासंग्रहलाई अपाङ्गता भएका बालबालिकालाई समर्पित गरेकी छन् । कवयत्री ज्ञवाली आफैं पनि अपाङ्गता भएकी छोरीको अविभावक हुन् । सङ्ग्रहमा समेटिएको ‘सीता र भृकुटीको माटोमा’ भन्ने शीर्षकमा नेपाली नारीमाथिको उत्पीडनलाई उतारिएको छ ।

यस्तै ‘आवाज’ शीर्षक कविता कवियत्री ज्ञवालीको आफ्नै अनुभव बयान गरेजस्तो लाग्छ । फरक शारीरिक अवस्थाकी छोरीलाई आफ्नो मातृत्व र स्नेहले हुर्काएको अनुभूति पनि कवितामा छ । ज्ञवालीले कवितामा आफ्नी छोरीबाट आमाको सम्बोधन सुन्न लालायित भएको कठोर तृष्णा पनि व्यक्त गरेकी छन् ।

२०१९ कात्तिक महिनामा पाल्पामा जन्मिएकी ज्ञवाली बापमन्थी आन्दोलनमा संलग्न थिइन् । यसअघि ज्ञवालीको आत्मकथा ‘लाल्टिनको उज्यालोमा’ पाठकसामु आइसकेको छ ।