Rumpum Advertisement

नेता पौडेलले गरे तनहुँमा पुल उद्घाटन

Neuro
नेता पौडेलले गरे तनहुँमा पुल उद्घाटन

तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्मित पक्की पुल उद्घाटन गरेका छन् । बिहीबार दिउँसो उनले सो पुल उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा उल्लेख्य सङ्ख्यामा काङ्ग्रेस कार्यकर्तासहित स्थानीय उपस्थित थिए । उनीहरूले नेकपाविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

बुधबार पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पौडेललाई प्रहरीले सुरक्षाका लागि भन्दै कार्यालयमा साढे तीन घण्टा नजरबन्दमा राखेकाे थियो । प्रहरीले पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

पौडेल पक्राउको विरोधमा काठमाडौं, दमौली, बाग्लुङ, पोखरालगायत ठाउँमा प्रदर्शन भएको थियो ।